काडमाडौं । १३औं दक्षिण एसियाली खेलकुद साग को पुरुष क्रिकेटमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको छ । मंगलबार भएको खेलमा नेपालले दिएको एक सय ७३ रनको लक्ष्य श्रीलंकाले अन्तिम ओभरमा ४ विकेट गुमाएर भेटाएको थियो ।
नेपालले आजको पराजयलाई कप्तान ज्ञानेन्द्र मल्ल क्याच मिस हुनुलाई लिएको छ । उनीहरुले आजको दिनलाई नै खराब दिनको रुपमा मानेका छन् ।










