
जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार मृत युवक कंचनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त रहेका छन् ।
पन्तको शव आज बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
घटनाबारे प्रारम्भिक अुनसंन्धान गर्दा बिहेमा आएका पन्त मोटरसाइकलबाट लडेर नहरमा डुबेको हुनसक्ने आशंका गरिएको प्रवक्ता चन्दले बताए । घटनास्थलबाट प्रहरीले गम्भीर अनुसन्धान शुरु गरेको छ ।










