सरकारलाई संसदीय समितिको निर्देशनः अतिक्रमित भुमि समावेश गरी नयां नक्सा सार्वजनिक गर, कालापानीबाट भारतीय सेना फिर्ता पठा


काठमाडौँ । संसदको अन्तर्राष्ट्रिय सम्वन्ध समितिले नेपालको अतिक्रमित भुमी समेटेर नेपालको नयां नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको समितिको बैठकले पाँच वटा निर्णय गर्दै सरकारलाई सुझावसहित निर्देशन दिएको हो । समितिको दिएको निर्देशनमा कालापानीबाट भारतिय फौज तत्काल फिर्ता गर्न राजनीतिक र कुटिनीतिक पहल गर्न समेत निर्देशन गरेको छ ।

यसअघि संसदको राज्य व्यवस्था समितिले पनि सरकारलाई लिम्पियाधुरासहितको नक्शा सार्वजनिक गर्न निर्देशन दिएको थियो ।

नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरामा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी भौगोलिक अखण्डताको रक्षा गर्न भारत सरकारसँग आवस्यक तहमा वार्ता गर्न सरकारलाई समितिले भनेको छ ।

बैठकले सिमा समस्या समाधान गर्न गृह मन्त्रालय, भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, परराष्ट्र मन्त्रालयसहित अन्य आवस्यक मन्त्रालय र निकायहरुको संयुक्त समन्वयकारी संयन्त्र गठन गर्न समेत सुझाएको छ।

त्यस्तै नेपाली भूमीको रक्षा तथा नेपाली नागरिकको सुरक्षा गर्न दार्चुलाको कालापानी, क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुलाई सहज रुपमा आवतजावत गर्न बाटो र अन्य सेवा सुविधा उपयुक्त व्यवस्था गर्न समितिको बैठकले सरकारलाई निर्देश्न दिएको छ।

निर्णयहरु हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार