पार्टी एकतापछि पहिलो पटक बोलायो नेकपाले केन्द्रीय समिति बैठक


काठमाडौँ । पार्टी एकतापछि पहिलो पटक सत्तारुढ नेकपाले आफ्नो केन्द्रीय समिति बैठक बोलाएको छ । शनिवार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको स्थायी समिति बैठकले पुस २० गते केन्द्रिय समिति बैठक बोलाउने निर्णय गरेको नेता बर्षमान पुनले जानकारी दिए ।

पूर्वएमाओवादी र पूर्वएमाले मिलेर नेकपा बनेपछि पार्टीको केन्द्रिय समितिमा ४ सय ४५ सदस्य रहेका छन् । पार्टी एकिकरण भएपछि एक पटक पनि केन्द्रिय समितिको बैठक बसेको छैन् । विभिन्न महत्वपुर्ण एजेन्डामाथि छलफल गर्न भन्दै केन्द्रीय समितिको बैठक बोलाइएको नेकपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार