बस र मोटरसाइकल ठोक्किदा १ जनाको घटनास्थलमै मृत्यु


कंचनपुर । कंचनपुरमा बस र मोटरसाइकल ठोक्किदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको लालझाडी गाँउपालिका वडां नम्बर ६ चान्देव बजार नजिककै बस र मोटरसाइकल ठोक्किदा ढक्का शिविर बस्ने अन्दाजी ५० बर्षिय पदम चौधरी (मिस्त्री) को घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष फुलाराम चौधरीले जानकारी दिए ।

कंचनपुरको बेलौरीबाट बुटवलतर्फ आँउदैं गरेको लु १ ख ८७१९ नम्बरको बसमा म १ प १७६४ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार चौधरीको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी स्थानिय सामाजिक अभियान्ता ईश्वर जोशीेले बताए ।

बिहान करिब ७ बजेतिर भएको दुर्घटनाबारे जाँचबुझ गर्न अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी टोली आइ घटनाबारे बुझ्ने काम भइरहेको वडा अध्यक्ष चौधरीले बताए । उनका अनुसार मृतक चौधरीका आफन्त, बसका स्टाफ र प्रहरीबीच घटनाका बिषयमा छलफल भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार