काठमाडौं । चलचित्र धुलोको ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक विषयवस्तुमा आधारित चलचित्र धुलोको मंगलबार एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।
प्रद्युम्न मिश्र निर्देशित चलचित्रको ट्रेलरमा रिक्सा चालकले जीवन चलाउन गरेका दुख र संघर्षलाई देख्न सकिन्छ । पुरै चलचित्रमा श्रमिक मजदुर र सामाजिक विषयवस्तुको कथा समावेश गरिएको छ ।
फागुन १६ गते प्रदर्शनको मिति तोकेर तयारी गरिरहेको चलचित्रमा रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको छ । चलचित्रमा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, सुमन घिमिरे,अमृता पाण्डे र बालकलाकार सुदीप कार्की मुख्य भुमिकामा छन् ।
त्यस्तै नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवालाई पनि विशेष भुमिका देख्न सकिन्छ । दीपा धरेलको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल रहेका छन् । भने निमार्ण संयोजकमा सुमन घिमिरे रहेका छन् ।
सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामीछानेले गरेका हुन । ट्रेलर बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएकाे छ ।













