
काठमाडौं । डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रुपमा पदभार ग्रहण गरेका छन् । ओली सरकारका अर्थमन्त्री समेत रहेका डा. खतिवडाले आइतबार संचारमन्त्रीको हैसियतमा मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
गोकुल बास्कोटा ७० कुरोड कमिसनकाण्डमा मुछिएर संचारमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. खतिवडालाई नै सचारमन्त्रीमा सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट उनले सपथ लिएका लिए ।
पदभार ग्रहण गर्दै मन्त्री खतिवडाले प्रधानमन्त्री र राष्ट्रपतिले आफूलाई गहन जिम्मेवारी दिएको प्रतिकृया दिए । सूसचित हुन पाउने नागरिकको अधिकार निश्चित गर्न आफू सक्रिय हुने उनले प्रतिवद्धता समेत व्यक्त गरे ।
सूचना प्रविधिको माध्यमबाट शासकीय प्रवन्धलाई पारदर्शी बनाइने र सञ्चार माध्यमलाई व्यवस्थित गरिने उनलेको भनाइ छ ।संविधानले सुनिश्चितता गरेको प्रेस स्वतन्त्रलाई सम्मान गर्ने भन्दै उनले प्रेस स्वतन्त्र र निर्भिक हुनुपर्ने आफ्नो धारणा रहेको उल्लेख गरे ।








