बर्दिया । नेपाली कांग्रेसेका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदमा बसिरहने नैतिक हैसियत गुमाइसकेको बताए ।
आइतबार बर्दियामा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियोबारे प्रधानमन्त्री पहिल्यै जानकार भएकाले उक्त काण्डमा प्रधानमन्त्री पनि दोसी रहेको दाबी गरे ।
“बास्कोटा कमिसनकाण्डको अडियो प्रधानमन्त्रीले दुई महिना अघि नै सुनेको भन्ने कुरा आएको छ नेता थापाले भने, त्यसैले ७० करोड कमिसनकाण्ड उनकै संरक्षणमा भएकाले अब प्रधानमन्त्री पदमा बसिरहने हैसियत उहाँले गुमाइसके ।”
नेता थापाले ७० करोड कमिसनकाण्डमा बास्कोटा जति दोषी छन् त्यति नै प्रधानमन्त्री पनि दोषी रहेको बताए ।
“गोकुल बास्कोटा एकातिर, अरु मन्त्री अर्कोतिर राखेर तौलौं, गोकुल बास्कोटाले जित्नुहुन्छ । यसो भन्दै गर्दा प्रधानमन्त्रीले के के तौलिने भन्नु भएको, मान्छे कि जम्मा गरेको धन ?” नेता थापाले प्रशन गरे ।