प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण हुँदै,पहिलो प्रत्यारोपणमा संलग्न डा. अनन्त मुख्य भुमिकामा


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आज (बुधबार) मिर्गौला प्रत्यारोपण गरिदैछ ।
प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्रीको शल्यक्रियाको सम्पुर्ण तयारी पुरा भएको अस्पतालले जनाएको छ ।

प्रत्यारोपण गर्नु अघि हिजो ‘डायलसिस’ गरिएको छ भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा।डा। प्रेमकृष्ण खड्गाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा.डा. उत्तम शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल,  डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमारसमेत रहेका छन् ।

प्रत्यारोपणमा मुख्य भुमिका भारतिय डा. अन्नत कुमारको रहनेछ । उनि १२ बर्षअघि भारतको अपोलो अस्पतालमा पहिलो पटक प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्दा डाक्टरको टोलीमा संलग्न थिए । डा. कुमार हाल दिल्लीको म्याक्स हेल्थ केयरका युरोलजी रेनल ट्रान्सप्लान्ट एन्ड रोबोटिक्स विभागका अध्यक्ष छन् । उनि र नेपाली चिकित्सकबीच गएराती प्रत्यारोपण कार्यमा कसले के गर्ने भन्ने बिषयमा छलफल भएको बताइएको छ ।

नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीका अनुसार डा.अनन्त कुमार ६ दिनसम्म अस्पतालमा रहनेछन् ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए। प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा कोइरालाले मिर्गौला दान गर्दैछिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार