डोटी । चट्याङ लागेर डोटीमा एकजनाको मृत्यु भएके छ ।
जिल्लाको सायल गाउँपालिका– २, सिर्मामा चट्याङ लागेर स्थानीय ६० वर्षीया जस्मादेवी ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
गोठमा गाईबस्तु बाँध्न गएका बेला बुधबार करिब ७ बजेतीर एक्कासी चट्याङ लागेर ओलीको मृत्यु भएको हो ।










