कोरोना जितेर घर फर्किएका युवा भन्छनः डाक्टरहरुले यस्तो ब्यवहार गरे…

 

कैलाली । कैलालीमा पनि कोरोना जितेर एक संक्रमित घर फर्केका छन् ।
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत ति युवा निको भएकाले आइतबार उनलाई डिस्चार्ज गरेर घर फकाइएको हो ।
जिल्लाको लम्कीचुहा नगरपालिका–१ प्रतापपुर घर भएका २१ वर्षीय ति युवाको अन्तिम रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
भारतबाट चैत ११ गते घर फर्किएका उनको चैत २२ गते गरिएको पहिलो परीक्षणमा पोजेटिभ रिर्पोट आएको थियो भने दोस्रो पटक हिजो ९शनिबार० गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनलाई घर पठाइएको हो।

अस्पतालमा मलाई राम्रो ब्यवहार गरे
संक्रमणबाट निको भएर घर फर्केका युवाले आफु अस्पतालमा रहँदासम्म सबैले राम्रो ब्यवहार गरेको बताएका छन् । अस्पतालबाट निको भएर घर फर्किदै गर्दा संचारकर्मीहरुलाई छोटो प्रतिकृया दिदै उनले डाक्टर, नर्स लगायतले आफुलाई राम्रो ब्यवहार र उपचार गरेको बताएका हुन ।

“मैले एकदकै राम्रो उपचार पाए । डाक्टर, नर्सहरुले मलाई राम्रो ब्यवहार गरे, उत्साह दिए । घर गएर कोरोनाबारे अस्पतालमा भनिएको कुरा गाउँ परिवारमा सबैलाई भन्नु भनेर डाक्टरहरुले भनेका छन्”, उनले संचारकर्मी सामु भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार