कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सुरु

काठमाडौँ । कक्षा १२ को परीक्षा यहि भदौ ३० गतेबाट संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सनोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट संचालन हुने निर्णय गरेको हो ।
बोर्डले परीक्षाको समय तालिका आज प्रकाशित गरेको छ ।

परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुनेछ । सरकारले यसअघि परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप अभियान समेत सञ्चालन गरेको थियो ।

परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार परीक्षा सम्बन्धित विद्यालयमै हुनेछ । परीक्षा केन्द्रमा भने नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र भौतिक दुरी कायम गर्नु पर्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार