काठमाडौंका दुई जना नर्सको दोस्रो रिपोर्ट नेगेटिभ

काठमाडौं । काठमाडौंमा दुई जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएपनि उनीहरुको स्वाब परीक्षण गरी टेकुमा पीसीआर गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

केन्द्रीय कारागार त्रिपुरेश्वरका कैदीहरुको स्वास्थ्य परीक्षणमा खटिएका उनीहरुको मंगलबार दुई पटक गरिएको र्‍यापिड टेस्टमा दुई पटक नै कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनीहरुलाई टेकु अस्पतालको आईसोलेनमा भर्ना गरिएको थियो ।

अस्पतालले उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने तयारी गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार