रिहा भएलगत्तै उद्योगी अग्रवाल पुनः पक्राउ, कारण यस्तो !


काठमाडौँ । कालोबजारीको आरोपमा पक्राउ परी आजमात्रै छुटेका उद्योगी सुलभ अग्रवाल पुनः पक्राउ परेका छन् ।
जिल्ला अदालत काठमाडौंको आदेशमा साढे २५ लाख धरौटी तिरेर बिहीबार रिहा भएलगत्तै उनि पुनः पक्राउ परेका हुन ।

अदालतबाट रिहा भएलगत्तै अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएको हो । कालोबजारीबारे अनुसंन्धान गर्दा प्रहरीले अग्रवालको सम्पत्तिसमेत अनुसन्धान गर्न विभागमा प्रतिवेदन बुझाएअनुसार उनलाइ नियन्त्रणमा लिइएको बताइएको छ ।

अग्रवाल चैत्र २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए । उनले शरीरको तापक्रम नाप्ने थर्मल गनको कालोबजारी गरेका थिए ।

अग्रवाल जगदम्बा स्टिल्स, जगदम्बा सिमेन्ट र शंकर ग्रुपका सञ्चालक हुन् । उनि किर्गिस्तानका अवैतनिक दुत समेत हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार