नायिका वर्षा राउतको अभिव्यक्तिलाई लिएर चर्को आलोचना


काठमाडौं । नायिका वर्षा राउतको सामाजिक सञ्जालमा चर्को ओलोना भइरहेको छ । नेपाल भारतबीचको सीमा विवादका विषयमा उनले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भएको हो ।

नेपाल र भारतबीच भएको सीमा विवाद बारे उनले बोलेको भिडियो क्लीप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले उक्त भिडियोमा भनेकि छन् , ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् ।’

त्यसैमा उनले थप्छिन्, ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले मसित कसरी फेस गर्ने भन्ने भइरहेको छ ।’
उनको यो अभिव्यक्ति सामाजिक सञ्जालमा निकै विवादीत बनेको छ । कतिपयले उनलाई सिके राउतको बैनिको संज्ञा दिएका छन् भने कतिले भारतबाटै परिचालित नायिका समेत भन्न भ्याएका छन् ।

उनको यो अभिव्यक्तिमा आफू सेलिब्रिटी भएकाले भारतका साथीहरुसँग कसरी कुरा गर्ने निकै चिन्ताको विषय बनेको छ । देशको सीमानाका बारे ठुलो विवाद भइरहेका बेला उनले दिएको यो अभिव्यक्ति निकै आलोचित र देश प्रति उनको लगाब कति छ भन्ने प्रष्ट भएको छ ।

सामाजिक सञ्जालमा उनलाई मनिषा कोइरालाबाट पाठ सिक्न अनुरोध गरिएको छ । मनिषाले भारतमा आफ्नो ठूलो फ्यान फलोअर्स हुँदा पनि नेपालको पक्षमा आवाज उठाउन डराइनन् ।

वर्षाको यो अभिव्यक्तिले उनका फ्यानमा पनि ठुलो प्रभाव परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार