
काठमाठौं । नेपालमा थप ४५१ जनामा कोरोना पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयद्धारा गरिएको नियमित मिडिया ब्रिफिङअनुसार संक्रमित मध्ये महिला ३५ र पुरुष ४१६ जना रहेका छन् ।
योसंगै नेपालमा संक्रमितको संख्या ६ हजार २११ पुगेको छ । उनिहरु देशको विभिन्न ठाउँमा गरिएको कोरोना परीक्षणमा पोजेटिभ पाइएका हुन ।
पछिल्लो २४ भण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । डिस्चार्ज हुनेमध्ये महिला १०५ र पुरुष ९३७ रहेका छन् ।












