
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४ सय ७६ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या १३ हजार नाघेको हो ।
शनिवार स्वास्थ्य मन्त्रालयद्धारा दिइएको जानकारीअनुसार अहिलेसम्म नेपालमा संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।
थप भएका संक्रमितहरुमा महिला १ सय १२ र पुरुष ३ सय ६४ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।










