राष्ट्रसंघमा कुमार बेनको अवतारः चेक सर्टदेखि कोट पाइन्ट र सिलाम साक्मा

काठमाडौं ।  संयुक्त राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनको हुलियालाई लिएर सामाजिकसंजालमा चर्चा भइरहेको छ । एकदमै सामान्य हुलियामा देखिने बेन महासभामा चिरिचिट्ट परेको देख्दा धेरैले अचम्म पनि मानिरहेका छन् । कोट, पाइन्ट, टाई सुटमा सिलाम साक्मा छातिमा टाँसेर महासभाको बैठकमा बसिरहेको बेनको तस्बिरलाई धेरैले सामाजिकसंजालम पोस्ट गर्दै चर्चा गरिरहेका छन् । बेन प्रधानमन्त्री शाहका पर्दा पछाडीका हिरोका रुपमा चिनिन्छन् ।

ललितपुरका रैथाने नेवार समुदायका बेनले पुर्वको किरात समुदायको पवित्र चिन्ह सिलाम साक्मा छातीमा भिरेर विश्वको ध्यान समेत तानेका छन् । यसलाई राजनीतिक रणनीतिका रुपमा हेर्न सकिन्छ । प्रधानमन्त्री शाह पुर्वको झापाबाट निर्वाचित भएकाले पुर्वको किरात पहिचान र संस्कृतीलाई उनले प्राथमिकतामा राख्दै त्यहाँका राई, लिम्बु, सुनुवार, दनुवार समुदायलाई आर्कषित गर्न महासभामा सिलाम साक्मा लगाएर गएको हुन सक्ने विश्लेषण गर्न सकिन्छ । किनकी प्रधानमन्त्री स्वयमले खुकुरीको चिन्ह छातीमा टाँसेका छन्, जसबारे केहिले प्रश्न उठाउँदै ‘नेपालको झण्डा भएको चिन्ह छातीमा टाँस्न छोडेर खुकुरी चिन्ह लगाएको’ भन्दै आलोचना पनि गरिरहेका छन् ।

नेपालको राजनीतिक वृत्तमा एक युवा प्रभावशाली राजनीतिक रणनीतिकारका रुपमा बेनले आफुलाई स्थापित गरिसकेका छन् । उनको राजनीतिक पृष्ठभूमी त्यती बृहत नदेखिए पनि उनि ललितपुर-१० का पूर्व वडाध्यक्ष स्व. नरसिंह व्यञ्जनकारका छोरा हुन्। स्व. नरसिंहले लगातार १० पटकसम्म स्वतन्त्र रूपमा वडाध्यक्ष जितेर रेकर्ड बनाएका थिए । जसको पछाडी छोरा कुमार बेनको ठुलो रणनीति रहेको मानिन्छ ।
बेनले बाल्यकालदेखि नै बुवाबाट स्वतन्त्र जनतामुखी राजनीति देखेकाले बालेनलाई पनि त्यही लयमा हिँडाउन उनको भूमिका देखिन्छ ।
बालेनलाई आज विश्वकै कान्छो प्रधानमन्त्रीका रुपमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा उभ्याउन सल्लाहकार बेनको अहम भूमिका छ ।

तर पनि उनको सामान्य जिवनशैली र हलिया देखेर धेरैलाई पत्याउन गाह्रो हुन्छ । वडाध्यक्षका सल्लाहकारको पनि ठुलै चुरीफुरी र तडकभडक देखेका नेपाली जनताले बेनको सादगी जिवनशैली नचिन्नु स्वभाविकै मान्न सकिन्छ ।

बालेन काठमाडौँ महानगरपालिकाको मेयर हुँदादेखि नै बेन साथमा छन् । तर देशकै प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार भइसक्दा पनि उनि सामान्य हाउभाउ र जिवनशैलीमा देखिनु देश र जनताप्रति सकारात्मक ब्यवहार भएको भन्दै चर्चा हुन थालेको छ ।
उनि सामान्यतया सेतो धर्के हाफसर्ट, पाइन्टमा देखिन्छन् ।
काठमाडौंबाट जहाज चढेर अमेरिकाको न्युयोर्क पुग्दा पनि उनि सेतो धर्के हाफसर्ट मै देखिएका थिए । आज बिहान राष्ट्रसंघको महासभामा बेनको हुलिया साँच्चिकै एक डेप्लोम्याटको अवतारमा देखिए । जसको चर्चा भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार