
१२ बर्षपछि खोलो फर्किन्छ भने जस्तै १२ बर्षपछि अफगानिस्तानलाई नेपालले हराएको छ । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हराएको हो ।
जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा आज भएको खेलमा अफगनिस्तानले २० ओभरमा ७ विकेट गुमाउँदै नेपाललाई जितका लागि १०३ रनको लक्ष्य दिएको थियो । जसलाई नेपालले १७.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपाललाई जितका लागि सन्दीप जोराले सर्वाधिक ३४, रोहित पौडेलले अविजित ३३ तथा दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान गरे। खेलमा नेपालका कुशल भुर्तेलले ४ र ललित राजवंशीले ३ विकेट लिए ।
समूह ‘ए’ मा नेपाल, अफगानिस्तान र जापान छन् । हिजो भएको खेलमा अफगानिस्तानले जापानलाई हराएको थियो भने अफगानिस्तानलाई आज नेपालले हरायो ।
सन् २०१४ को इन्चोन एसियाली खेलकुदको क्वाटरफाइनलमा अफगानिस्तानले नेपाललाई हराएको थियो ।
अब नेपालले भोली जापानसँग खेल्नेछ । क्वाटरफाइनलमा नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीको सामना गर्ने छ ।
यसअघिको एसियन गेम्समा पनि नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित भएको थियो । यसबर्ष जित निकाल्ने योजनामा छ ।












