वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु


वीरगञ्ज । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्जका ८५ वर्षीया वृद्धा रहेकी छन् ।

उनको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

मुटुकी रोगी उनलाई केही दिनअघि निमोनिया भएर वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् । साउन ७ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणपछि उनलाई बिहीबार एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार