फिल्म नआउदैै मनिषको डिमाण्ड बढ्यो, बने “डक्टर डेनिम’ को ब्राण्ड एम्बेसडर

काठमाडौं । चलचित्र प्रेम गीत ३ प्रर्दशनमा नआउदै त्यसका नायक मनिष राउतको चर्चा चुलिएको छ । उनले अहिलेसम्म एउटा पनि फिल्ममा अभिनय गरेका छैनन तर दर्शकसामु पहिले देखि नै चर्चित छन् ।

यसरि दर्शक र शुभचिन्तकहरुको माया र साथ पाउनुको एउटै कारण हो उनको आर्कषक “लुक्स” । उनको लुक्सबाट नै प्रभावित दर्शकहरु अब उनलाई चाँडै नै “प्रेम गीत ३” मा हेर्न पाउनेछन् ।

यो संगै उनका शुभचिन्तकहरुका लागि एउटा अर्को खुशीको कुरा पनि छ । मनिषलाई ब्रान्ड एम्बेसडर बनाउँदै एक क्लोथिङ्ग ब्राण्ड आउने तयारीमा रहेको छ । ‘डक्टर डेनिम’ (DR.DENIM)  नामक उक्त ब्राण्डले भदौ महिनामा देखी बिक्रि शुरु गर्ने उक्त ब्राण्डका सुमन गौतमले संचारमाध्यमहरुलाई बताएका छन् ।

“हामीले ‘प्रेम गीत ३’  सम्बन्धित विभिन्न सामग्रीहरु हेरेपश्चात उहाँलाई ब्राण्ड एम्बेसडरको रुपमा लिएका हौँ ब्राण्डका गौतमले भने,  अहिले देखी नै उहाँको चर्चा र लुक्सबाट हामी एकदमै प्रभावित छौँ, अबको पाँच बर्षमा ‘डक्टर डेनिम’ (DR.DENIM) र मनिष राउत सँगै यो देशका स्टार बन्नेछन् ।”

“म आँफै अचम्ममा परेको छु कि मैले कुनै पनि चलचित्रमा अभिनय नगर्दै मेरो डिमाण्ड भईसकेछ मनिषले भने, चलचित्र रिलीज भएपछि के हुन्छ थाहा छैन तर यसबाट मैले धेरै मेहनत गर्नुपर्ने जिम्मेवारी थपिएको छ , ‘डक्टर डेनिम’ (DR.DENIM) लाई नेपालको नम्बर एक जेन्ट्स् क्लोथिङ्ग ब्राण्डको रुपमा अगाडी लैजान आफुले भरपुर मेहनत गर्ने छु ।”

पुरुषहरुका लागि हरेक प्रकारका कपडाहरुको बिक्रि गर्ने ‘डक्टर डेनिम’ (DR.DENIM)  नामक ब्राण्डले महंगो रकममा मनिषलाई एम्बेसडर बनाएको छ । नेपाल तथा अन्य केहि मुलुकमा एकसाथ आउने लागेको ‘डक्टर डेनिम’सँग पाँच बर्षको लागि उनि आवद्द भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार