सरकारले भलिबल खेलाडीहरुलाई जनही ३ लाख पुरस्कार दिने


काठमाडौं । सरकारले नेपाली भलिबल खेलाडीसहित टिमलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हालै काठमाडौंमा सम्पन्न काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको हो।

सरकारले टिमका मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजिओलाई जनही १ लाख २० हजार दिने निर्णय गरेको छ।
प्रतियोगितामा १४ जना खेलाडी, १ जना मुख्य प्रशिक्षक, १ जना सहायक प्रशिक्षक, १ जना व्यवस्थापक, र १ जना फिजियोलाई सरकारले नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । प्रतियोगितामा भारत विजेता बनेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार