
काठमाडौं । पछिल्लो समय नेकपा भित्रको विवाद झन झन चर्किदै गएको छ । पार्टीभित्रको विवाद मिलाउन दुई अध्यक्ष र अन्य शिर्ष नेताहरुले पटक पटक पहल गर्दा पनि विवाद बढ्दै गएको हो ।
पार्टीको विवाद चर्किँदै जाँदा उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका छन् । उनले मंगलबार पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसामु ६ बुँदे प्रस्ताव अघि सारेका छन् ।
पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै उनले जारी गरेको ६ बुँदा यस्ता छन् ।














