भारतका गृहमन्त्रीलाई कोरोना पुष्टि, अस्पताल भर्ना


काठमाडौं । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना पुष्टि भएको छ । आफुलाई कोरोना भएकोबारे आइतबार उनले सामाजिक संजाल ट्युटरमार्फत जानकारी दिएका हुन । उनले आफुलाई कोरोना पुष्टी भएपछि अस्पताल भर्ना भइसकेको समेत जानकारी दिएका छन् ।

कोरोना पुष्टि भएपनि आफ्नो स्वास्थ्य अहिलेसम्म ठिक रहेको शाहले बताएका छन् । उनले केहि दिन यता आफ्नो सम्पर्कमा आएका ब्यक्तिहरुलाई कोरोना जाँच गराउन समेत आग्रह गरेका छन् । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १७ लाख बढी रहेको छ भने कोरोनाबाट ३७ हजार बढीको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार