बामदेवको रिटमाथि आज पूर्ण इजलाशमा सुनुवाई हुँदै


काठमाडौं । सत्तारुढ नेकपामा उपाध्यक्ष बामदेव गौतमविरुद्ध परेको रिटमाथि आज पूर्ण इजलाशमा सुनुवाइ हुँदैछ । संवैधानिक काम गर्न नपाउने भन्दै परेको रिटमाथि आज छलफल हुन लागेको हो ।

गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको दाबीसहित दायर रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलाशमा परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय सभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी बनाएर ४ असोजमा रिट दायर गरेका थिए ।

गौतमले राष्ट्रपतिद्वारा राष्ट्रिय सभा सदस्यमा मनोनित पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार