नेकपा विवाद समाधान गर्न गठित कार्यदलले अध्यक्षद्धयलाई बुझायो प्रतिवेदन


काठमाडौं । सत्तरुढ नेकपाको विवाद समाधानका लागि गठित कार्यदलले सुझाबसहितको प्रतिवेद बुझाएको छ । कार्यदलले प्रतिवेदन नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको हो ।

नेकपा भित्र देखिएको विवाद समाधानका लागि साउन ३० गते विष्णुप्रसाद पौडेल संयोजक रहेको कार्यदल गठन गरिएको थियो । कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेका छन् ।

सबैजनाको सर्वसम्मतिमा तयार भएको प्रतिवेदन आज साँझ अध्यक्षद्धय ओली र प्रचण्डलाई बुझाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार