‘हामी पुष्पलालका उत्तराधिकारी हौं’ – अध्यक्ष प्रचण्ड (भिडियोसहित)

 

४१ अौं पुष्पलाल स्मृति दिवस । २०७६ साउन ७ गते, चम्पादेवी, कीर्तिपुर

Gepostet von क. प्रचण्ड / Comrade Prachanda am Montag, 22. Juli 2019

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले आफुहरु पुष्पलाल श्रेष्ठका उत्तराधिकारी भएको बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसका अवसरमा आज बिहान कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, “जसरि पंचायतका शक्तीहरुसंग मिलेर पुष्पलाल अघि बढ्नु भयो हामी पनि त्यसरी नै अघि बढ्नुपर्छ, हामी पुष्पलाल कै सन्तती हौं, उत्तराधिकारी हौं ।”

एउटै उदेश्य बोकेका विभाजित पार्टीहरुलाई एकताबद्ध गरेर अघि बढ्नु नै पुष्पलालले देखाएको मुल मार्ग भएको प्रचण्डले प्रष्ट पारे ।

सबै मिलेर जनवादी क्रान्तिलाई पूर्णता दिने र समाजवादमा जाने नै पार्टीको मुल लक्ष्य रहेको प्रचण्डले बताए । पार्टी एकता टुंगिनै सकिएको बताउँदै उनले एकताका बांकी केहि औपचारिक रुपमा घोषण गर्नुपर्ने कुराहरु यहि महिनाको अन्तिमसम्म सम्पन्न हुने जानकारी समेत दिए ।
प्रचण्डले असाधारण रुपमा पार्टी एकता भएको उल्लेख गर्दै यसको उद्देश्य पूरा गरिएमा नै पुष्पलालप्रति सच्च श्रद्धाञ्जली हुने समेत बताए । केही प्रतिक्रियावादी शक्तिले कम्युनिष्टहरु चुनावमा मिल्नै सक्दैनन्, पार्टी एकता हुनै सक्दैन, संविधान आउनै सक्दैन, गणतन्त्र आउनै सक्दैन भनेपनि त्यसको जवाफ आफुहरुले दिइसकेको प्रचण्डको भनाई छ ।

सरकारका कामलाई सुशासनमा केन्द्रित गर्ने र त्यसका लागि विकासको मोडेल प्रस्तुत गरेर अघि बढ्ने उनले बताए । प्रचण्डले पार्टी नेतृत्वलाई परिपक्क बनाउनका लागि एकताको खाँचो रहेको औंल्याए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार