गाउँपालिकाको निर्णय, १ हजार भन्दा बढी उपहार लिन नपाइने

मकवानपुर । मकवानपुरका दुई वटै गाउँपालिकाले एक हजारभन्दा बढी उपहार लिन नपाउने निर्णय गरेका छन् । गाउँपालिकाले गाउँसभाबाट यस सम्बन्धी ऐन नै पारित गरेका छन् ।

मकवानपुरका मकवानपुरगढी र महनहरी गाउँपालिकाले यस्तो ऐन पारित गरेका हुन् । ऐनमा ५१ जनाभन्दा बढी जन्ती जान र दाइजो लिनदिन नपाइने व्यवस्था गरिएको छ । ऐनलाई पालिका बासीन्दाहरुले सकारात्मक ढंगले लिएका छन् ।

स्थानीयको सामाजिक व्यवहारमा सुधार ल्याएर फजुल खर्च र अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण गर्ने उद्देश्यले सामाजिक सुधार ऐन ल्याएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले बताए

गाउँपालिकाको यस्तो निर्णयलाई पालिका बासीले स्वागत योग्य ठानेका छन् । यसले गर्दा समाजमा सद्भावको भावना कायम रहने विश्वास लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार