भिडियोमा झण्डा जलाउने गायक जेल चलान अन्य ८ जना छुटे


काठमाडौं । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाउने गायक जेल चनाल भएका छन् । जिल्ला अदालत, काठमाडौंले उक्त भिडियोका गायक ग्लाल्जेन दोर्जे तामाङलाई जेल पठाउन आदेश दिएको हो ।

त्यस्तै सोही अभियोगमा पक्राउ परेका अन्य ८ जना भने छुटेका छन् । पक्राउ परेका मध्ये १५ हजार रुपैयाँ धरौटी लिएर साधारण तारेखमा छाड्न आदेश भएको छ ।

म्युजिक भिडियोमा भण्डा जलाएको भन्दै उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाले ३ भदौमा पक्राउ गरेको थियो ।

मङ्गोल होप नामक युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो अपलोड भएपछि व्यापक आलोचना भएको थियो । र, प्रहरीले भिडियोमा देखिएका गायकदेखि मोडल, एडिटरलगायतलाई पक्राउ परेको थियो ।

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुनसक्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार