
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटवार्तामा राष्ट्रपति निर्वाचनको उम्मेदवारका बिषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यहि फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि १३ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ । सत्ता गठबन्धनमा कसलाई उम्मेदवार बनाउने भन्ने बिषयमा सहमती हुन नसक्दा गठबन्धन नै संकटमा परेको छ ।
एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने दावी गरिरहेकाले सहमती हुन सकिएको छैन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमती खोज्नुपर्ने बताउँदै आएका छन् । राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस समेत सहमत रहेकाले एमाले झस्किएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले फागुन २५ गते निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दैछ ।
तर, राष्ट्रपति कसलाइृबनाउने भन्ने बिषयमा दलहरुबीच खिचातानी भइरहेको छ । यसैबीच छिमेकी भारत र चीनले समेत यसमा चासो राखेको पाइन्छ ।











