शनिबार बोलाइएको नेकपा सचिवालय बैठक स्थगित


काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक फेरि स्थगित भएको छ । शनिबारका लागि बोलाइएको बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको हो ।

कोरोनाको जोखिमका बढ्नुका साथै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले बैठक स्थगित गरिएको बताइएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेका छन् ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटले बैठक सार्ने निर्णय गरेको हो।
नेकपाको सचिवालय बैठकमा पार्टी विवाद समाधानका लागि बनेको कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार