
काठमाडौं । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जारी निषेधाज्ञा एक साता थप गरिएको छ । आइतबार बसेको कोरोना जोखिम नियन्त्रण जिल्लास्तरीय समन्वय समितिको बैठकले भदौ २१ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
बैतडीमा यसअघि जारी गरिएको निषेधाज्ञाको समय आज राति १२ बजे सकिदै छ । संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा एक साता थप गरिएको स्थानीय प्रशासनले जनाएको छ । निषेधाज्ञा अवधिभर जिल्लामा अत्यावश्यकका सेवा बाहेक अरु सेवा बन्द गरिएका छन् ।
त्यस्तै डोटीमा पनि आज राति १२ बजेबाट लागु हुनेगरि एक साता निषेधाज्ञा जारी गरिएको छ । जिल्ला भित्रै कोरोना संक्रमण फेलिएपछि निषेधाज्ञा जारी गरिएको बताइएको छ ।













