गेटा आँखा अस्पताल मार्तडीका प्रमुख नै खैरो हेरोइनसहित पक्राउ


कैलाली। गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखाका प्रमुख नै लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
आज दिउँसो कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा अस्पताल प्रमुख नेत्र सहायक अंकित कु. निगम बानियासहित दुई जनालाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चेक जाँचका क्रममा प्रहरीको टोलीले नवलपरासीको पालिनन्दन गाउँपालिका–४ का २८ वर्षीय अस्पताल प्रमुख बानिया र बाजुरको त्रिणेवी नगरपालिका–८ बस्ने २५ वर्षीय मेकेन्द्र गिरीलाई खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कबिन्द्र सिंह बोहराले जानकारी दिए।

उनकाअनुसार बानियाले चलाएको लुप्रप्र ०१००१प९२७८ नम्बरको मोटरसाइकल प्रहरीले चेकजाँच गर्दा पछाडि सवार गिरीले बोकेको झोलाभित्र राखेको अवस्थामा प्लाष्टिकसहित १० ग्राम र प्लाष्टिक बाहेक ८ ग्राम ८० मिलीग्राम खैरो हेरोईन बरामद गरिएको हो ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान गरेर कारबाही प्रकृया अघि बढेको डीएसपी बोहराले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार