जग्गाको कित्ताकाट खुल्यो


काठमाडौं । बन्द गरिएको करिब तीन वर्षपछि सरकारले जग्गाको कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भदौ १८ गतेबाट कित्ताकाट खुल्ला गरेकी हुन् ।

देशैभरी कृषियोग्य जमिन खण्डीकरण गरिएको भन्दै २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले जग्गाको कित्ताकाट रोक्ने निर्णय गरेका थिए । करिब तीन वर्षपछि मन्त्री अर्यालले रोकिएको जग्गाको कित्ताकाट फुकुवा गरेकी छन् । यो निर्णय मन्त्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतमा पनि परिपत्र गरिसकेको छ ।

खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनिश्चित गर्न भन्दै मन्त्रालयले तीन वर्ष पहिले गरेको त्यो सर्वसाधारणका लागि समस्या भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार