दाङ । सरकारको जनता आवास कार्यक्रम अन्र्तगत दाङमा दलित समुदायका लागि १९२ घर निर्माण हुने भएका छन्। जिल्लाका दश वटा स्थानिय तहमा बसोबास गर्ने दलित समुदायका परिवारका लागि ति घरहरु बन्न लागेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङले जनाएको छ ।
जिल्लाको तुलसीपुर उपमहानगरपालिकामा ५० र घोराही उपमहानगरपालिकामा ३२, बबई र राजपुर गाउँपालिकामा १७/१७, गढवा, राप्ती, बङगलाचुली, दङ्गीशरणमा १५/१५, शान्तिनगर गाउँपालिकामा १० र लमही नगरपालिकामा छ आवास घर निर्माण गरिने डिभिजन कार्यालयका अधिकृत शेरबहादुर केसीले जानकारी दिए ।
सरकारले प्रत्येक वर्ष दलित समुदायका अतिविपन्न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ । घर निर्माणका लागी प्रत्येक परिवारले चार किस्तामा रू तीन लाख ३२ हजार ५०० अनुदान पाउने छन् ।












