राष्ट्रिय क्रिकेटर ललित भण्डारी दुर्घटनामा परी गम्भिर घाइते


कंचनपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित भण्डारी दुर्घटनामा परी गम्भिर घाइते भएका छन् । आईतबार साँझ उनी चढेको मोटरसाईकल र मिनि ट्रक एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हो ।

कंचनपुरको झलारी बजारमा धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनी ट्रकले विपरित दिशाबाट आउँदै गरेको ललित सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकलको पछाडि बसेका करण ठगुन्ना पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर बहादुर थापाले बताए ।

घाइते दुबैजनाको अहिले कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनाबाट ललितको टाउको, हात, अनुहार, पेट र कम्मरमा चोट रहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार