दुर्घटनामा परि गम्भिर घाइते भएका क्रिकेटर ललित भण्डारी खतरामुक्त


काठमाडौं । सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका नेपाली राष्ट्रिय क्रिकेटर ललित भण्डारी खतरामुक्त भएका छन् । आइतबार दुर्घटनामा परी गम्भिर घाइते भएका भडारीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटबाट उनको हात र खुट्टा फ्याक्चर भएको छ । अहिले उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । समयमै उपचार सुरु गरिएकाले अवस्था खतरामुक्त भएको बताइएको छ ।

आइतबार धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीसहित उनको नातेदार करन ठगुन्ना पनि घाइते भएका थिए ।

दुर्घटनापछि गम्भीर घाइते भएका भण्डारीको शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि धनगढीकै निसर्ग अस्पतालमा लगिएको थियो । धनगढीबाट आइतबार राति नै उनलाई नेपालगन्जको कोहलपुर मेडिकल कलेज रिफर गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार