काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । देशभर २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुनसरीकी २८ र चितवनकी ७६ वर्षीया महिला, काठमाडौंका ८३, ६८ ललितपुरका ६७, सिन्धुपाल्चोकका ४१, दोलखा ६५ र कैलाली ७९ वर्षीया पुरुष रहेका छन् ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।