काठमाडौं । कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । ३ पुरुष र ४ महिला गरी देशभर थप ७ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मकवानपुरकी ५ दिनकी बालिका, चितवनकी ५५ वर्षीया, बाँकेकी २५ वर्षीया र कञ्चनपुरकी २९ वर्षीया महिला, काठमाडौंका ५५, ललितपुरका ७७, र बाँकेका ६० वर्षीया पुरुष रहेका छन् ।
योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५३५ पुगेको छ ।