बझाङमा बलात्कार घटना गाउँमै मिलाएको आरोपमा ६ जना पक्राउ

बझाङ । बझाङमा बलात्कारको घटना गाउँमै कागजगरी मिलाएको आरोपमा ६ जना पक्राउ परेका छन् । जिल्लाको मस्टा गाउँपालिका २ खिकालामा गत साउन २६ गते १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै कागजगरी मिलाएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा लालबहादुर बोहरा, धनचढी बोहरा, गल्फे बोहरा, थमकला दमाई, झलक दमाई र पिरु दमाई रहेका छन् ।
खिकला गाउँकै १२ बर्षीय सम्झाना कामीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका राजेन्द्र बोहराले नै यसअघि १३ बर्षीय बालिकालाई बलात्कार गर्दा उक्त घटना गाउँमै कागजगरी मिलापत्र गरिएको खुलासा भएपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुले राजेन्द्रलाई दोषी पाएपछि कागज गरेर पाँच सय जरिवाना तिराई घटना गाउँमै गुपचुप मिलाएका थिए ।
बलात्कारबाट बालिकाको गर्भ रहेमा जिम्मा राजेन्द्रले जिम्मा लिने समेत कागज गराएर छोडेका थिए ।

असोज ७ गते सम्झनाको बलात्कारपछि हत्या गरेको आरोपमा रोजेन्द्र पक्राउ परेपछि उनको अर्को बलात्कार घटना सार्वजनिक भएको थियो ।
पीडित बालिकाले उजुरी दिएपछि प्रहरीले यसबारे अनुसंनधान गरेको र मिलापत्र गर्ने ब्यक्तिहरुलाई पक्राउ गरी आवश्वक अनुसन्धान भइरहेको बझाङ प्रहरीले जनाएको छ।

(तस्बिर: बझाङ मस्टा गाउँपालिका २  की १३ बर्षीय बालिकाको बलात्कारका दोषी र १२ बर्षीय सम्झना कामीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका राजेन्द्र बोहरा र उनको बलात्कार घटनाको मिलापत्रको कागज ।)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार