दशै, तिहारलाई लक्षित गरी निषेधाज्ञा


कञ्चनपुर । चाडपर्वहरु नजिकिदै गर्दा कोरोना संक्रमणको जोखिम झनै बढ्ने खतरा छ । यसलाई नियन्त्रण गर्न स्थानियदेखि केन्द्र सरकारले बेलैमा बिशेष पहल गर्नुपर्ने देखिन्छ । दर्श तिहार नजिकै गर्दा देशका कतिपय ठाँउमा निषेधाज्ञा गरिने भएको छ ।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सङ्क्रमण फैलिन नदिनका लागि दशैँ, तिहार र छठलगायत चाडपर्वमा भीडभाड हुन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए।

उनकाअनुसार जारी निषेधाज्ञा दशैँ बेला शक्तिपिठ तथा मन्दिरमा पूजाआजा, दर्शन गर्न र जमघट हुन समेत रोक लगाइएको छ । दशै, तिहारमा एकै घरमा बसोवास गर्दै आएका परिवारका सदस्यबीच मात्रै मनाउन पाइनेछ । अनावश्यकरूपमा हिँडडुल गर्न, भेला जमघट नगर्न र जात्रा तथा मेलाहरुको आयोजना पनि नगर्न प्रशासनले निषेधाज्ञामा भनेको छ ।

“ दशै तिहारका बेला घरमै बसी पूजाआजा गर्ने, चाडपर्वको अवसर पारेर कुनै पनि राजनीतिक दल, सङ्घसंस्था, क्लब, समूह तथा सञ्जालहरुको भेला भई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकूदलगायत क्रियाकलाप गर्न पाइने छैन ।” प्रजिअ महतोले जारी गरेका निषेधाज्ञामा भनिएकोछ ।

राजमार्गलगायत कुनै पनि स्थानमा सवारी साधन अवरोध गरी चन्दा तथा सहयोग सङ्कलन गर्ने, धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिथोल्ने कार्य गर्नेलाई कानूनी कारवाही गरिने समेत भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार