डिउटीमा खटिएका असई विकको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या, नदीबाट शव निकालियो

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका—१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक (असई) गोविन्द विकको हत्या भएको छ । गएराती दश बजेदेखि वेपत्ता रहेका असई विकको शव आइतबार नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

नेपाल भारत सीमामा रहेको मोहना नदी क्षेत्रमा ड्युटीमा गएका असई विक र प्रहरी जवान राम बहादुर साँउद वेपत्ता थिए । उनीहरुको खोजी गर्नेक्रममा असई विको मोहना नदीमा शव भेटिएको हो भने पैहरी जवान साउँद अझै वेपत्ता रहेको सुदूरपश्चिम प्रदेशका डिआइजी उत्तमराज सुवेदीले बताए ।

उनकाअनुसार असई विकको शव नदीबाट निकालीएको छ । उनको घाटीमा धारीलो हतियारको चोट देखिएको प्रहरीले जनाएको छ ।

मोहना नदी नजिकै रहेको उखुबारीमा रगतका छिटा सेमेत देखिएकाले तस्करसंग भीडन्त हुँदा हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

जुगेडां चौकीबाट मोटरसाईकलमा राति साढे आठ बजे गस्तीमा निस्किएका दुबै जना पौने ११ बजेपछि सम्पर्क बिहिन भएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दानबहादुर रोकायाले बताए ।

घटनास्थलमा डिआइजी सुवेदीसहित प्रहरीको टोली, सशस्त्र प्रहरी, भारतिय सुरक्षाकर्मिहरु पुगेर घटनाबारे अध्यन, अनुसंन्धान गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार