धनगढीमा एकैदिन थप १९७ जनामा कोरोना पुष्टि


धनगढी । धनगढीमा एकैदिन थप १ सय ९७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३ सय ७० जनाको नमूना परीक्षण गर्दा १ सय ९७ जनामा संक्रमण पुस्टि भएको हो ।

पछिल्लो समय धनगढीमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढीरहेको छ भने मृतकको संख्या पनि बढ्दै गइरहेको अस्पतालले जनाएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि बैशाख १६ गतेबाट प्रशासनले एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार