राष्ट्रिय आविष्कार केन्द्रद्धारा झन्डै ६ करोडका भेन्टिलेटर सरकारलाई सहयोग

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रद्धारा झन्डै ६ करोड बराबरका भेन्टिलेटर सरकारलाई सहयोग गरिएको छ ।

केन्द्रले सोमबार सरकारलाई ५० थान भेन्टीलेटर सहयोगमा हस्तान्तरण गरेको हो । ग्राडियन हेल्थ सिस्टम युएसएले प्रदान गरेको ५० थान भेन्टीलेटरलाई राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहकार्यमा नेपाल ल्याइ अमेरिका–नेपाल मेडिकल फाउन्डेशनका अध्यक्ष डा। भुपेन्द्र बस्नेत र राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड सदस्य हरिकुमार सिलवालले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेको केन्द्रले जनाएको छ ।

सहयोग प्राप्त यि भेन्टीलेटरमध्ये आजै वीर अस्पताललाई १० वटा र सिभिल अस्पताललाई ५ वटा हस्तान्तरण गरिएको बताइएको छ ।

बाँकी भेन्टीलेटरहरु स्वास्थ्य मन्त्रालयमार्फत नेपालका विभिन्न ९ वटा अस्पतालमा हस्तान्तरण गरिने मन्त्री तामाङले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार