
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले आफ्नो पहिलो विदेश भ्रमणमा सबै रेर्कड तोडिरहेका छन् । नेपालका प्रधानमन्त्री विदेश जांदा एयरपोर्टमा गरिने तामझाम बालेनले कुनै पनि नगरेर बिगतका परम्परा तोडिरहेका हुन् । उनले आफु विदेश गइरहँदा एयरपोर्टमा हुँदै आएको बिदाइ समारोह नगर्न भनेका छन् ।
प्रधानमन्त्री शाह अमेरिका जाँदै गर्दा उनका लागि एयरपोर्टमा नत विशेष बिदाई समारोह हुनेछ, नत रातो कार्पेट नै बिछ्याइनेछ, नत सेनाले सलामी नै दिनेछ, नत उनलाई बिदाइ गर्न सरकारी उच्चपदस्थ कर्मचारी, सुरक्षा प्रमुख, दलका नेताहरु, मन्त्रीहरु नै एयरपोर्ट जानेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको सवारी भीआईपी लाउन्जबाट सिधै विमान पार्किङ गरिएको स्थलसम्म जानेछ र उनि विमान चढेर अमेरिका प्रस्थान गर्नेछन् ।
देशको प्रधानमन्त्री विदेश जाँदा बिगतमा एयरपोर्टमा गरिने परम्परा तोड्दै गर्दा प्रधानमान्त्री शाहबारे विभिन्न टिकाटिप्प्णी भइरहेका छन् ।प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज अपराहन्न ४ः१५ बजे कतार एयरवेजको जहाजमार्फत दोहा ट्रान्जिट हुँदै अमेरिकाको न्युयोर्क झर्नेछन् ।













