देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर दुई दिनभित्र फिर्ता नगरे एकता हुदैन् : प्रधानमन्त्री ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता नभए माधव समूहसँग एकता नहुने बताएका छन् । आज बालुवाटारमा बसेको एमाले केन्दीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले सोमबारसम्म हस्ताक्षर फिर्ता नगरे एकता नहुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफू माधव समूहलाई एकतामा ल्याउन धेरै समय पर्खेको बताउदै अब अगाडि बढ्ने बताए । उनले एमाले सिध्याउन खोजेर विपक्षी पार्टीको नेतालाई बोकेर हिडेको माधव पक्षलाई आरोप समेत लगाएका छन् ।

ओलीले माधव समूहलाई सच्चिनका लागि दुई दिनको समय दिएको समेत बताएका छन् ।’ त्यसमा पनि साथीहरू सच्चिएर आउनु भएन भने अब एकता सम्भव छैन । एमाले सिध्याएर आउनेलाई पार्टीमा ठाउँ राखिँदैन । किमार्थ राखिँदैन,’ उनले भने ।

प्रतिनिधिसभा विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ निवर्तमान सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए, जसमा माधव नेपाल समूहका २३ जना पनि छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार