कार्यालय परिसरमै सशस्त्र प्रहरी जवान मृत फेला


कैलाली । कैलालीमा एक सशस्त्र प्रहरी जवान कार्यालय परिसरमै मृत अवस्थामा फेला परेका छन् । डडेल्धुरा भागेश्वर गाउँपालिका–१ घर भएका ३१ वर्षीय हरिशकुमार शाही कार्यालय परिसरमै मृत भेटिएका हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीमा कार्यरत उनि कार्यालय परिसरभित्र उत्तरतर्फको कम्पाउण्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

शाहीको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार