
काठमाडौं । कुलमान घिसिङलाई सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा चार बर्षका लागि नियुक्ति गरेको छ ।
बुधबार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर उनले मन्त्री पम्फा भुषालबाट नियुक्ति पत्र ग्हण गरेका हुन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी (सचिव) सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ ।
तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार कुलमान प्राधिकरण प्रमुखमा चार बर्षका लागि नियुक्ति हुँदा देशलाई दैनिक १४ देखि १८ घण्टेसम्मको लोडसेडिङलाई अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका थिए । कुलमानलाई पुनह प्राधिकरणमा ल्याउनका लागि केपी ओली नेतृत्वको सरकारसंग जनस्तरबाट ब्यापक माग उठेपनि ओलीले अस्विकार गर्दै आफु निकटका हितेन्द्रदेव शाक्यलाई प्राधिकरण प्रमुख बनाएका थिए ।











