
काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पदबाट आज राजीनामा दिएका छन् ।
भट्टराइले आफ्नो राजीनामा पत्रमा गठबन्धन सरकार र तिनका नेताहरुले पदीय जिम्मेवारीभन्दा बाहिर गएर असान्दर्भिक विषय जोड्दै मौलिक हक र वाकस्वतन्त्रता कुण्ठित गर्ने ढंगले आफुलाई सफाइ पेश गर्न निर्देशन दिएकाले राजीनामा गरेको उल्लेख गरेका छन् ।
देउवा नेतृत्वको सरकारले भट्टराईलाई गत साउन १९ गते स्पष्टिकरण सोधेको थियो । तर, उनल पदबाट नै राजीनामा दिएका छन् ।
राजीनामा पत्र पढ्नुहोस












