कंचनपुर जिसस सदस्य पन्तको निधनमा सार्वजनिक बिदा


कचंनपुर । जिल्ला समन्वय समिति कंचनपुरका सदस्य बलराम पन्तको निधनमा जिल्लाको शुक्लाफाँटा नगरपालिकाले आज एकदिन सार्वजनिक बिदा दिएको छ ।

सदस्य पन्तको निधनमा दुःख व्यक्त गर्दै कार्यपालिकाको बैठकले आज एक दिन नगरपालिका भर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाको वडा नं ५ बाट पन्त वडासदस्य पदमा निर्वाचित भई जिसस सदस्य भएका थिए ।

६२ बर्षीय सदस्य पन्तको शुक्लाफाँटा–५ गर्जमुनिस्थित आफ्नै निवासमा मङ्गलबार राति निधन भएको थियो । उनी लामो समयदेखि पेटको क्यान्सरबाट पीडित थिए । पन्त लामो समयदेखि राजनीति र समाजसेवामा सकृय थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार